होटल रोयल सिंगीको २५ वर्ष पुरा, फेब्रुअरीभर २५ प्रतिशत छुट

<p>काठमाडौं । होटल रोयल सिंगीले २५ वर्ष पुरा गरेकाे अवसरमा विभिन्न सेवाहरुमा छुट अफर ल्याएकाे छ । जनवरी २० मा २५ वर्ष पुरा गरेकाे हाेटलले विभिन्न सेवामा छुट अफर ल्याएकाे हाे । कम्पनीले फेब्रुअरी १ देखि २८ सम्म होटलको लोकप्रिय आउटलेट &#8216;द बिएलभिडी&#8217;मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गर्ने जनाएकाे छ । हाेटलले [&hellip;]</p>

काठमाडौं । होटल रोयल सिंगीले २५ वर्ष पुरा गरेकाे अवसरमा विभिन्न सेवाहरुमा छुट अफर ल्याएकाे छ । जनवरी २० मा २५ वर्ष पुरा गरेकाे हाेटलले विभिन्न सेवामा छुट अफर ल्याएकाे हाे ।

कम्पनीले फेब्रुअरी १ देखि २८ सम्म होटलको लोकप्रिय आउटलेट ‘द बिएलभिडी’मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गर्ने जनाएकाे छ । हाेटलले यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने बताएकाे छ ।

यस्तै, फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया, कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैँया र साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने हाेटलले जानकारी दिएकाे छ  ।

यति मात्र नभएर हाेटलले विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराउने जनाएकाे छ ।

होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात र सिंगल अकुपेन्सी मात्र २५ सय नेट रहेको छ ।

 

 

Share News