मानसरोवर माउन्टेन फ्लाइट हुँदै

<p>नेपालगन्ज । ‘वेष्टर्न ट्राभल मार्ट’ को दोस्रो संस्करणमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ हुने भएको छ । मानसरोवर माउन्टेन फ्लाइट लागि बुद्ध एयरसँग सम्झौता भएको मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले बताए । माघ १५ गतेदेखि नेपालगञ्जमा ट्राभल मार्टको दोस्रो संस्करण आयोजना हुँदैछ । वेष्टर्न ट्राभल मार्टमा माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको जानकारी [&hellip;]</p>

नेपालगन्ज । ‘वेष्टर्न ट्राभल मार्ट’ को दोस्रो संस्करणमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ हुने भएको छ । मानसरोवर माउन्टेन फ्लाइट लागि बुद्ध एयरसँग सम्झौता भएको मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले बताए ।

माघ १५ गतेदेखि नेपालगञ्जमा ट्राभल मार्टको दोस्रो संस्करण आयोजना हुँदैछ । वेष्टर्न ट्राभल मार्टमा माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको जानकारी दिँदै सिग्देलले भने, ‘पर्यटन प्रर्वद्धनका लागि हामीले पहिलो रेखा कोरेका छौं ।’

यो माउन्टेन फ्लाइटले भारतीय पर्यटकलाई मानसरोवर दर्शन गर्न ठूलो सहयोग गर्ने र पश्चिममा पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्ने उनले बताए । ९० मिनेट हुने फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिने सिग्देलको भनाइ छ ।

Share News