एससीटी र माछापुच्छ्रे बैंकबीच डेबिट कार्डका लागि सम्झौता, भुक्तानी सहज

<p>काठमाडौं ।  स्मार्टच्वाइस टेक्नोलोजिज  (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता भएकाे छ। सम्झौता पत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको एससीटी र स्थापनाकालदेखि नै ग्राहकहरुको [&hellip;]</p>

काठमाडौं ।  स्मार्टच्वाइस टेक्नोलोजिज  (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता भएकाे छ।

सम्झौता पत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको एससीटी र स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा दुवै कम्पनीको छ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका ग्राहकहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न बताइएको छ। साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने कम्पनीले जनाएकाे छ।

 

Share News