कुमारी बैंकको नाफा १ अर्ब माथि, ब्याज आम्दानी ६१.६४ प्रतिशत बढ्यो

<p>काठमाडौं । एनसीसी बैंकसँग मर्ज गरेको कुमारी बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा ६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६१.६४ प्रतिशत [&hellip;]</p>

काठमाडौं । एनसीसी बैंकसँग मर्ज गरेको कुमारी बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा ६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६१.६४ प्रतिशत बढेर ४ अर्ब २४ करोड रुपैयाँ, सञ्चालन नाफा १५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोष १२ अर्ब ५ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.२८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.१७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ३.१५ प्रतिशत पुगेको छ । बैंकको सीडी रेसियो ८९.५८ प्रतिशत र आधार दर ११.७३ प्रतिशत रहेको छ ।

Share News