काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुिवत्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
उक्त सभाले आर्थिक वर्ष २०७८र७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो । साथै आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ।
आर्थिक २०७८र७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो समयमा संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुिवत्त सेवा प्रदान गरिरहेको छ ।