जहाज कोलकाता डाइभर्ट हुँदा निगमको २७ लाख चैट, पाइलटलाई तालिम दिन नमान्दाको क्षति

<p>काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको वायु सेवा निगमको जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ । शुक्रबार बिहान निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसक्दा भारतको कोलकाता डाइभर्ट हुँदा २७ लाख २७ हजार बढी नोक्सान भएको हो । कोलकाता जाँदा डेढ घण्टा र फर्कदा डेढ घण्टागरी [&hellip;]</p>

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको वायु सेवा निगमको जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ । शुक्रबार बिहान निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसक्दा भारतको कोलकाता डाइभर्ट हुँदा २७ लाख २७ हजार बढी नोक्सान भएको हो ।

कोलकाता जाँदा डेढ घण्टा र फर्कदा डेढ घण्टागरी ३ घण्डा जहाज उडाउँदा सञ्चालन खर्च २१ हजार डलरभन्दा बढी लाग्ने निगमका एक क्यापटेनले जानकारी दिए । उनका अनुसार १ घण्टामा सकिने आरएनपी–एआर एप्रोच प्रणालीको तालिम नहुँदा नोक्सानीमा गएको निगममाथि थप व्ययभार थपिएको छ ।

२१ हजार डलर खर्च हुँदा नेपाली २७ लाख २७ हजार व्ययभार निगममाथि थपिएको हो । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । निगमको जहाज ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सक्थ्यो । तर, मलेसियाबाट काठमाडौं आएको जहाजले उक्त भिजिविलिटीमा अवतरण गर्न नसक्ने बताएपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् ।

‘अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो तर निगमका चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्टको अनुमति मागे’, उनले भने, ‘पाइटलको तालिम नहुँदा अवतरणा गर्न नसकि डाइभर्टको अनुमति मागे ।’

११ सय भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि शुक्रबार उडान भरेको निगमको एयरबस ३२० (न्यारोवडी) का क्यापटेन राकेश खुस्वाले जहाज अवतरण गर्न २८०० भिजिविलिटी आवश्यक पर्ने निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार निगम व्यवस्थापनले समयमा नै तालिम नदिँदा सहज रुपमा अवतरण गर्न सकिने जहाज समेत डाइभर्ट गर्नुपर्ने बाध्यता भयो ।

क्यापटेन खुस्वा निगमकै एयरबस ३२० मा कोपाइटलबाट केही समय अघिमात्रै क्यापटेन भएका थिए । क्यापटेनको तालिन लिन जाँदा एकैपटकमा हुने तालिम समयमा नहुँदा समस्या हुने गरेको ति क्यापटेनले बताए । कोपाइटल हुँदा उनले सो तालिन लिएपनि क्यापटेन भएपछि तालिन लिएका छैनन् ।

आरएनपी–एआर एप्रोच तालिम निगमले इन्डोनोसियामा गर्दै आएको छ । क्यापेटन खुस्वाजस्तै निगमका अन्य ६ जना क्यापटेनको उक्त तालिन नलिएको जनाइएको छ । आरएनपी–एआर एप्रोच तालिम ६/६ महिनामा लिनुपर्छ । उक्त तालिमका लागि १ हजार डलर खर्च हुने निगमले जनाएको छ । उक्त खर्च निगम आफैले व्यहोर्छ । निगमको अपरेशन विभागका प्रमुख रवीन्द्र आरके शेरचनले कार्यकारी अध्यक्षले बोल्ने अनुमति प्रवक्तालाई मात्रै दिएको भन्दै उक्त विषयमा बोल्न नमिल्ने बताए ।

Share News