काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ। हिजो बिहीबार तोलामा १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।