जहाजमा लागेको आगो निभाइयो, ३२ जनाको शव गण्डकी अस्पतालमा

<p>काठमाडौं । दुर्घटनामा परेको यती एयरको जहाजबाट ३२ जनाको शव निकालिएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजबाट ३२ जनाको शव निकालिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आगो लागेको स्थानबाट निकालिएको उक्त शव गण्डकी अस्पतालमा लगिएको बताए । विमानमा ६८ यात्रुसहित ४ जना चालक [&hellip;]</p>

काठमाडौं । दुर्घटनामा परेको यती एयरको जहाजबाट ३२ जनाको शव निकालिएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजबाट ३२ जनाको शव निकालिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आगो लागेको स्थानबाट निकालिएको उक्त शव गण्डकी अस्पतालमा लगिएको बताए ।

विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना निसवार थिए । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

Share News