प्रोग्रेशिभ फाइनान्सको शाखा विस्तार, मधेश प्रदेशमा फैलाउंदै संजाल

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्स वित्तीय सँस्था शाखा विस्तारमा आक्रामक देखिएको छ। फाइनान्सले देशब्यापी कारोबार विस्तार गर्ने लक्ष्य उदेश्यले देशभर शाखा विस्तार गरि शाखा संख्या २७ तथा ४ एक्सटेन्सन काउन्टर पुर्याएको छ। शाखा विस्तार गरि फाइनान्सले मधेश प्रदेशमा लालबन्दी, जलेश्वर, गोदार र यदुकुहा (शहिदनगर न.पा.) गरी जम्मा शाखा संजाल २७ स्थानमा पुर्याएर गुणस्तरीय सेवा दिईरहेको छ। [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स वित्तीय सँस्था शाखा विस्तारमा आक्रामक देखिएको छ। फाइनान्सले देशब्यापी कारोबार विस्तार गर्ने लक्ष्य उदेश्यले देशभर शाखा विस्तार गरि शाखा संख्या २७ तथा ४ एक्सटेन्सन काउन्टर पुर्याएको छ।

शाखा विस्तार गरि फाइनान्सले मधेश प्रदेशमा लालबन्दी, जलेश्वर, गोदार र यदुकुहा (शहिदनगर न.पा.) गरी जम्मा शाखा संजाल २७ स्थानमा पुर्याएर गुणस्तरीय सेवा दिईरहेको छ।

हाल मधेश प्रदेशमा विरगंज, सिमरा, वरहथवा, मलंगवा, गौशाला, लालबन्दी, जलेश्वर, यदुकुहा, गोदार, सबैला ,क्षिरेश्वरनाथ र जनकपुर रहेकोमा अर्को वर्ष मधेश प्रदेशको अन्य स्थानहरुमा समेत शाखा संजाल गर्ने लक्ष्य रहेको फाइनान्सले जनाएको छ।

फाइनान्सले बचत खातामा ८ देखि ९ प्रतिशत सम्म, मुद्घती खातामा १२.१० देखि १३ प्रतिशत सम्म तथा क्रमिक बचत खातामा ११.५० देखि १३ प्रतिशत व्याज उपलब्ध गराउदै आएको छ भने कर्जा तर्फ नेपाल राष्ट्र बैकबाट उल्लेखित शिर्षकमा व्याज सहुलियत कर्जाहरु, विना धितो पेशागत कर्जा, व्यक्तिगत कर्जा, व्यापार कर्जा, घर निर्माण कर्जा, जग्गा खरिद कर्जा, इन्सुरेन्स कर्जा, कृषि कर्जा लगायत विभिन्न शिर्षकमा कर्जा उपलव्ध गराउदै आएको छ।

निक्षेप संकलनमा विभिन्न किसिमको सेवा सुविधा तथा आकर्षक व्याज प्रदान गरि विभिन्न शिर्षकमा विना झन्झट कर्जा प्रवाह गर्दै आएको फाइनान्सले रेमिटान्स सेवा, मोवाइल बैकिङ्घ , क्यू आर कोड, एटिम, ईसिसि, आईपिएस जस्ता सेवाहरु दिइरहेको छ।

साथै फाइनान्सले विभिन्न व्यवसायीहरुसंग व्यापार सम्झौता गरी ग्राहकहरुलाई सुविधा सम्पन्न बनाएकोे जानकारी फाइनान्सका प्रदेश प्रमुख विनय कुमार साहले जानकारी गराएका छन् ।

Share News