लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराईले लिए शपथ

<p>काठमाडाैं । लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणी भट्टराई नियुक्त भएका छन् । बैंककाे १५ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरु मध्ये भट्टराईलाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हाे । नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर [&hellip;]</p>

काठमाडाैं । लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणी भट्टराई नियुक्त भएका छन् । बैंककाे १५ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरु मध्ये भट्टराईलाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हाे ।

नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

भट्टराइले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरीका छन् । उनीसँग विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रहि कार्य अनुभव पनि रहेकाे छ।

साथै, उनीसँग साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनीको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव रहेको छ ।

उनको नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको बैंकले जनाएकाे छ ।

Share News