सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई ३३२ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट

<p>काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट पाउनेछन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ ।

ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट पाउनेछन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम। संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Share News