राष्ट्रिय वाणिज्य बैंकको १२.५ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश पारित गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसपछि [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश पारित गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसपछि बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share News