काठमाडौं । सिबिआईएल क्यापिटलको स्वतन्त्र संचालकहरुमा जोत्सना बोहोरा र अभिजित मुल नियुक्त भएका छन् । बैंकको पुस २४ गते बसेको बैठकले स्वतन्त्र संचालकमा बोहोरा र मुललाई नियुक्त गरेको हो ।
यसअघि क्यापिटलको स्वतन्त्र संचालक रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डे रहेका थिए ।
स्वतन्त्र संचालक बोहोराको विभिन्न बिमा कम्पनीहरुमा १८ वर्षभन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ । यस्तै, स्वतन्त्र संचालक मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा ७ बर्ष भन्दा बढीको अनुभव रहेको छ ।