मर्चेन्ट बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा नम्बर वान बन्नेछ : अध्यक्ष पृथ्वी बहादुर पाँडे

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मर्चेन्ट बैंकहरुमा एनआइएमबी नम्बर वान बन्ने बताएका छन् । बुधबार नेपाल इनेभेष्टमेन्ट र मेगाको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । &#8216;नियम कानुन भित्र रहेर नम्बर वान बैंक बन्छौं, मर्जरपछि ठूल्ठूला लगानीमा लगानी गर्न सकिनुको साथै नयाँ नयाँ प्रोजेक्ट ल्याएर सम्पन्न गर्न सकिनेछ,&#8217; उनले [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मर्चेन्ट बैंकहरुमा एनआइएमबी नम्बर वान बन्ने बताएका छन् । बुधबार नेपाल इनेभेष्टमेन्ट र मेगाको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘नियम कानुन भित्र रहेर नम्बर वान बैंक बन्छौं, मर्जरपछि ठूल्ठूला लगानीमा लगानी गर्न सकिनुको साथै नयाँ नयाँ प्रोजेक्ट ल्याएर सम्पन्न गर्न सकिनेछ,’ उनले भने ।

यस्तै, उनले पछिल्ला दिनहरूमा फिनटेक कम्पनीहरु धेरै आइरहेको बताए । ‘फिनटेक कम्पनीहरु धेरै आइरहेको छ, आगामी दिनमा यसले बैंकको भन्दा धेरै राम्रो काम गर्यो भने बैंकको अस्तित्व घट्छ,’ उनले भने ।

पाँडेले आफ्नै निर्देशन बमोजिम राष्ट्र बैंकले मर्जर निति ल्याएको बताउँदै उनले खर्च कटौती गर्न मर्ज हुन पुगेको बताए ।

यस्तै, मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले फुटेकाे पैतालामा चप्पल लाएर आएकाे ग्राहकलाई पनि बैंकले उनीहरुले बुझ्ने गरी सेवा दिनसक्नु पर्ने बताएका छन् ।

उनले नेपाल इन्भेष्टमेन्ट बैंक कुखुराले जस्तो कराउन नजान्ने बताए । ‘नेपाल इन्भेष्टमेन्ट बैंक कुखुराले जस्तो कराउन जान्दैन, कुखुरा एउटा अण्डा पार्दा धेरै कराउँछ तर कछुवाले सयौं अण्डा पार्दा आवाज नै निकाल्दैन, कछुवा जस्तै शान्त स्वभावमा इन्भेष्टमेन्ट बैंक अब्बल बनेको छ,’ उनले भने ।

 

 

 

Share News