काठमाडाैं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको विजेता घाेषणा गरेकाे छ । कम्पनीले मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको ७० (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) जना विजेताहरुको नाम घाेषणा गरेकाे हाे ।
मंगलबार सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार वापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्स्ट्रकस्नका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमण जितेका छन भने दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार जितेका छन ।
यस्तै, तेस्रो पुरस्कार अन्तर्गत वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथों पुरस्कार वापत ८ जनाले हिराको औंठी र १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।
शिवम् सिमेन्टले मंसिर १८ गते देखि ‘शिवम्सँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो ।