चौथौं जेम एण्ड ज्वेलरी एक्स्पो हुँदै

<p>काठमाडौं । नेपाल रत्न तथा आभुषण स‌घ ९नेग्जा० ले चौथौं जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । नेग्जाले पुस २८ देखि माघ १ गतेसम्म काठमाडौंस्थित होटल याक एण्ड यतिमा जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको हो । संघले पुस २८ गते साँझ ६ बजेदेखि ज्वेलरी फेशन शो आयोजना गर्ने र पुस २९, ३० र माघ [&hellip;]</p>

काठमाडौं । नेपाल रत्न तथा आभुषण स‌घ ९नेग्जा० ले चौथौं जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । नेग्जाले पुस २८ देखि माघ १ गतेसम्म काठमाडौंस्थित होटल याक एण्ड यतिमा जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको हो ।

संघले पुस २८ गते साँझ ६ बजेदेखि ज्वेलरी फेशन शो आयोजना गर्ने र पुस २९, ३० र माघ १ गते एक्स्पो संचालन गर्ने जानकारी दिएको छ ।

पुस २९ गते दिउँसो साढे १२ बजे विशेष समारोहबीच एक्स्पो समुदघाटन हुने एक्स्पो बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चालु रहने आयोजकले जानकारी दिएको छ ।

कोभिडले शिथिल बनेको आभुषण व्यवसायमा नयाँ उर्जा प्रदान गर्न, नेपाली बहुमूल्य आभुषण व्यवसायको  अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन एक्स्पो आयोजना गरिएको संघले जनाएको छ ।

३८ कम्पनी रहेको एक्स्पोमा करिब १५ हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरेको संघले जनाएको छ ।

Share News