प्रतिपक्षविहिन बन्दै ‘प्रचण्ड’ नेतृत्वको सरकार

<p>काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार प्रतिपक्षबिहिन बन्ने भएको छ । सत्ता समिकरणमा सहभागी नभएको ठूलो राजनीतिक दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पदमा समर्थन जनाउने निर्णय गरेपछि सरकार झण्डै प्रतिपक्ष बिहिन बन्ने भएको छ । प्रचण्ड नेकपा(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनमा नेपालको [&hellip;]</p>

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार प्रतिपक्षबिहिन बन्ने भएको छ । सत्ता समिकरणमा सहभागी नभएको ठूलो राजनीतिक दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पदमा समर्थन जनाउने निर्णय गरेपछि सरकार झण्डै प्रतिपक्ष बिहिन बन्ने भएको छ ।

प्रचण्ड नेकपा(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आज उनले संसदबाट प्रधानमन्त्री पदको लागी समर्थन जुटाउँदै छन् ।

सत्ता साझेदारमा नरहेका नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री पदमा प्रचण्डलाई समर्थन गर्ने निर्णय भएपछि उनको नेतृत्वको सरकार झिनो संख्या बाहेक राष्ट्रिय समर्थनको सरकार बन्ने भएको छ । बहुमतको सरकार बनाउन संसदको संख्याअनुसार १ सय ३८ जना सांसदको समर्थन चाहिनेमा सरकार निर्माणको प्रकृयामा नै प्रचण्डले १ सय ६९ जना सांसदको समर्थन जुटाइसकेका छन भने कांग्रेस, समाजवादी र लोसपाले पनि समर्थन गरेपछि अब उनले २ सय ७२ जना सांसदको समर्थन पाउने भएका छन् ।

नेपाली कांग्रेसको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले अचानक प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेपछि राजनीतिक रुपमा भने यसलाई शंकापूर्ण ढंगले हेरिएको छ ।

Share News