घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

<p>काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ [&hellip;]</p>

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News