
काठमाडौं । सहकारी क्षेत्रमा रहेका समस्या १ महिनाभित्र समाधान गर्ने विना विभागीय मन्त्री दामोदर भण्डारीले बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा आज काठमाडौंमा भएको राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले सो बताएका हुन् ।
मन्त्री भण्डारीले सहकारीलाई अर्थतन्त्रभन्दा बाहिर राख्न नसकिने बताउँदै सबलीकरण गर्नेतर्फ सरकार सजग रहेको बताए । ‘समस्याको चाङमा चुनौतिको घेरामा सरकार निर्माण भएको छ, सहकारीलाई अर्थतन्त्रभन्दा बाहिर राख्न सकिँदैन, कल्पना गर्न सकिँदैन, सहकारीलाई सवलीकरण गर्नेतर्फ सजग छौं’, उनले भने ।
गरिव दुःखीले गास काटेर बचत गरेको पैसालाई दुरुपयोग गर्न नहुने बताउँदै उनले सहकारीका समस्या १ महिनाभित्र सम्बोधन गर्ने समेत बताए । सरकार भएको अनुभूति चाँडै नै दिने बताउँदै उनले सरकार सहकार्य गर्न चाहेको र सुरुको अवस्थामा नीतिमा स्पष्ट हुन चाहेको बताए । साथै उनले सत्ता साझेदार दलहरुले ल्याएको कार्यक्रममा पनि सहकारीको विषय भएको बताए ।