काठमाडौं । माहुली लघुवित्तले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश लघुवित्तको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।