आज १२ प्रतिशत लाभांश पारित गर्दै लुम्बिनी विकास बैंक

<p>काठमाडौं । लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारणसभा आज (पौष २६ गते, मंगलबार) बिहान ११ बजेदेखि काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा हुने भएको छ । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ नगद (कर प्रयोजन समेत) गरी कूल १२ प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारणसभा आज (पौष २६ गते, मंगलबार) बिहान ११ बजेदेखि काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा हुने भएको छ ।

बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ नगद (कर प्रयोजन समेत) गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिनेछ ।

सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News