साधारण सभा भएको दोस्रो दिन नै एनएमबि बैंकले जम्मा गर्याे सेयरधनीको खातामा लाभांश

<p>काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारण सभाले पारित गरेको दोस्रो दिन नै लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको सोमबार पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ८.२५ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकले आज पुस २६ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८.२५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारण सभाले पारित गरेको दोस्रो दिन नै लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको सोमबार पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ८.२५ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

बैंकले आज पुस २६ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद (कर समेत) लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ ।

बैंकले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै बैंकले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।

बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

बैंकको सोमबार बसेको २७औं वार्षिक साधारण सभाले प्रस्तावित ८.२५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

Share News