कर उठाउन सरकार सक्रिय, शनिबार पनि आन्तरिक राजस्व विभागका सबै कार्यालय खुला हुने

<p>काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गको सबै कार्यालय पुस ३० गते शनिबारको दिन पनि खुला हुने भएको छ । विभागले सोमबार सूचना जारी गर्दै आउँदो पुस ३० गते शनिबार आफु अन्तर्गतको सबै कार्यालय खुला रही सेवा प्रवाह हुने जनाएको छ । विभागले आफु अन्तर्गतको सबै मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय [&hellip;]</p>

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गको सबै कार्यालय पुस ३० गते शनिबारको दिन पनि खुला हुने भएको छ । विभागले सोमबार सूचना जारी गर्दै आउँदो पुस ३० गते शनिबार आफु अन्तर्गतको सबै कार्यालय खुला रही सेवा प्रवाह हुने जनाएको छ ।

विभागले आफु अन्तर्गतको सबै मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय खुला रहने जनाएको छ ।

‘पौष महिना आयकरको ४० प्रतिशत किस्ता दाखिला हुने र आय विवरणको म्याद थप भई आय विवरण तथा रकम जम्मा हुने समय भएको कुरा विदितै छ, तर २०७९ / ०९ / ३० गते शनिबार सार्वजनिक विदा परेको हुँदा उक्त दिन राजस्व संकलन गर्ने बैक शाखा तथा काउण्टरसँग समन्वय गरी उक्त दिनमा समेत कार्यालय खुला राखी राजस्व बुझ्ने व्यवस्था हुन मिति २०७९/०९/२५ को निर्णयानुसार अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

 

Share News