एनएमबि बैंकको लाभांश पारित

<p>काठमाडौं । एनएमबि बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे साेमबार बसेकाे २७औं वार्षिक साधारण सभाले प्रस्तावित ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको हाे । बैंकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ८.२५ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे थियाे । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे साेमबार बसेकाे २७औं वार्षिक साधारण सभाले प्रस्तावित ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको हाे ।

बैंकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ८.२५ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे थियाे ।

बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा र १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

Share News