जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुन्छ, गृहमन्त्री लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनमत अनुसारको सरकार बनेको भन्दै जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको बताए । अध्यक्ष लामिछानेले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनमत अनुसारको सरकार बनेको भन्दै जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको बताए ।

अध्यक्ष लामिछानेले प्रतिपक्षीले रचनात्मक सुझाव दिए सरकारले सोहीअनुसार काम गर्ने बताए। उनले प्रतिपक्षले कुनै विषय अड्काउने नभई सहयोग गरेर काम गर्ने अपेक्षा सरकारले लिएको बताए ।

Share News