एक वर्षमा ६ लाख विदेशीले गरे नेपाल भ्रमण

<p>काठमाडौं । सन् २०२२ मा ६ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको एक वर्षको तथ्यांक अनुसार विभिन्न देशबाट हवाई मार्गहुँदै ६ लाख १४ हजार १४८ जना विदेशी नेपाल भित्रिएका हुन । बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा [&hellip;]</p>

काठमाडौं । सन् २०२२ मा ६ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको एक वर्षको तथ्यांक अनुसार विभिन्न देशबाट हवाई मार्गहुँदै ६ लाख १४ हजार १४८ जना विदेशी नेपाल भित्रिएका हुन ।

बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मे मा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ जना विदेशी हवाई मार्ग हुँदै नेपाल आएका हुन ।

यस्तैगरी, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ जना विदेशी नेपाल आएका छन् ।

तथ्यांक अनुसार एक वर्षमा सबैभन्दा धेरै विदेशी भारतबाट आएका छन् । भारतबाट २ लाख ९ हजार १०५ जना नेपाल आएका हुन । यस्तै, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अष्टेलियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ विदेशी नेपाल भित्रिएका छन् ।

सन् २०२० मा २ लाख ३० हजार विदेशी नेपाल आएका थिए भने २०२१ मा १ लाख ४९ हजार मात्र विदेशी आएका थिए । कोरोना महामारीमा कमी आएपछि नेपाल भित्रने विदेशीको संख्यामा बृद्धि हुन थालेको छ ।

Share News