विद्युत आपूर्तिमा समस्या भएपछि मनकामना केबलकार बन्द

<p>काठमाडौं । मनकामना केबलकार अनिश्चित समयका लागि बन्द गरिएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेकोले केबलकार बन्द गरिएको डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले जानकारी दिए । ‘आइतबार साँझ ५ बजे विद्युत लोडसेडिङ हुँदा केबलकारको प्यानलमा फ्युजहरु जलेका छन्, प्यानलबाट नै समस्या आएको हो, कति क्षति भएको भन्ने अहिले नै आँकलन [&hellip;]</p>

काठमाडौं । मनकामना केबलकार अनिश्चित समयका लागि बन्द गरिएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेकोले केबलकार बन्द गरिएको डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले जानकारी दिए ।

‘आइतबार साँझ ५ बजे विद्युत लोडसेडिङ हुँदा केबलकारको प्यानलमा फ्युजहरु जलेका छन्, प्यानलबाट नै समस्या आएको हो, कति क्षति भएको भन्ने अहिले नै आँकलन भएको छैन, प्राविधिक आएपछि मात्रै कति क्षति भएको भनेर एकिन क्षति निकाल्न सकिन्छ,’ उनले भने ।

अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन गरिएको भएपनि अझै ५ दिन जति समय लाग्ने शेरचनले बताए । केबलकार मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।

‘निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहनेछ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

Share News