काठमाडौं । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक छोडेर बाहिरिए । गठबन्धन बैठक लगतै नेकपा एमालेका अध्यक्ष केपी शर्र्मा ओलीलाई भेट्न उनी बालकोट जादै छन् ।
सत्तारुढ दलसँग वार्ता नमिलेपछि नेकपा (माओवादी केन्द्र) का नेताहरू नेकपा (एमाले) को शरणमा पुगेका छन् ।
गठबन्धन बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव देव गुरूङसहित एमालेसँग संवाद गर्न बालकोटतर्फ जान लागेका हुन ।
सत्ता गठबन्धनमा माओवादीले आलोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आउनु भएको थियो । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि प्रचण्ड ‘अब बालकोट जान्छु’ भन्दै बालुवाटारबाट निस्कीएका हुन ।
यता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । वाताको बीचमा प्रचण्ड निस्कीएपछि उनले गठबन्धन टुटेको बताएका हुन ।