प्रतितोला १२ सयले घट्यो सुनको भाउ

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १२ सय रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १२ सय रुपैयाँले घटेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News