काठमाडौं । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेका छन् । बिहानैदेखि लागेको हुस्सु र बाक्लो कुहिरोका कारण तराईका अधिकाशं विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित बनेकोे हो ।
काठमाडौं, बिराटनगर, भैरहवा, जनकपुर, पोखरा, सिमरा, नेपालगन्ज लगायतका शहरमा बिहानैदेखि हवाई उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहानै देखि उडान प्रभावित हुँदा दिनभरको उडानमा असर पर्ने कार्यालयले जनाएको छ ।
आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले बिहानैदेखि उडान प्रभावित बनेको भन्दै उडान डिले हुन सक्ने भन्दै सूचना जारी गरेका छन् ।