काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ ग्रहण नरोकिने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन माग गरिएको अन्तरिम आदेश दिन अस्विकार गरेपछि उनको शपथ ग्रहण नरोकिने भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।
लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर रिट निवेदकको छ ।