काठमाडौं । बुधबार सुनको मूल्य तोलाको बढेको छ । सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलाको ८०० रुपैयाँ बढेको हो ।
यसरी सुनको मूल्य बढ्दा छापावाल सुन तोलाको एक लाख १२ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य तोलाको एक लाख ७०० रुपैयाँ पुगेको छ ।
महासंघको अनुसार मंगलबार १ हजार ३७५ मा कारोबार भएको चाँदीको मूल्य पनि बढेर १४ सय रुपैयाँ पुगेको छ ।