‘सासु कोषमा आवद्ध भएपछि नेपालीले बुढेसकालमा आफ्नो जोह आफै गर्न सक्नेछन्’

<p>काठमाडौं । श्रममन्त्री शेरबहादुर कुवँरले सामाजिक सुरक्षा कोषमा जोडिएपछि वैदेशिक रोजगारमा रहेका नेपालीले वृद्ध अवस्थामा पनि आफ्नो सुरक्षा आफै जोहो गर्न सक्ने बताएका छन् । मंगलबार कोषले वैदेशिक रोजगारमा रहेका र अनौपचारिक क्षेत्रका श्रमिकको लागि कार्यविधी सार्वजनिक गर्ने गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल र नेपाली जनताको सुरक्षा गर्ने सरकारको योजना अनुसार नै कोषको व्यवस्थापन गरिएको [&hellip;]</p>

काठमाडौं । श्रममन्त्री शेरबहादुर कुवँरले सामाजिक सुरक्षा कोषमा जोडिएपछि वैदेशिक रोजगारमा रहेका नेपालीले वृद्ध अवस्थामा पनि आफ्नो सुरक्षा आफै जोहो गर्न सक्ने बताएका छन् ।

मंगलबार कोषले वैदेशिक रोजगारमा रहेका र अनौपचारिक क्षेत्रका श्रमिकको लागि कार्यविधी सार्वजनिक गर्ने गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाल र नेपाली जनताको सुरक्षा गर्ने सरकारको योजना अनुसार नै कोषको व्यवस्थापन गरिएको बताउँदै कोषले बुढेसकालमा साहारा निभाउने बताए । ‘मान्छे सधै युवा रहदैन बूढो हुन्छ, बुढेसकालको साहारा सरकार हुनुपर्छ, कोषले पनि बुढेसकालको साहरा निभाउनु पर्छ,’ उनले भने ।

यस्तै, उनले कोषका सबै सेवालाई डिजिटल गर्नुपर्ने बताए । ‘विदेशी नेपाल आउँदा सबै कुराबाट प्रभावित भएपनी सरकारी कार्यालयको सेवाबाट भने वाक्क भएको गुनासो गर्छन्, त्यसैले कोषको सबै सेवालाई डिजिटलाइज गर्नुपर्छ,’ उनले भने ।

Share News