काठमाडाैं । वैदेशिक रोजगारीमा गएका र अनौपचारिक क्षेत्रका श्रमिकका वैशाख १ गतेबाट सामाजिक सुरक्षा काेषमा आवद्ध हुन पाउने भएका छन् ।
काेषले मंगलबार वैदेशिक रोजगारमा रहेका श्रमिक, अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको लागि कार्यविधि २०७९ सार्वजनिक गरेसँगै वैशाख १ गतेबाट श्रमिकहरु काेषमा आवद्ध हुन पाउने भएका हुन् ।
काेषले मंगलबार ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९’, ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९’ सार्वजनिक गरेको छ ।
उक्त कार्यविधी वैशाख १ गतेबाट कार्यन्यवयनमा आउने काेषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् ।