अब देउवाजी संसदीय दलको प्रस्तावक बन्नुपर्छ : महामन्त्री शर्मा

<p>काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन् । उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताए । &#8216;देउवाजी प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन [&hellip;]</p>

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन् ।

उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताए ।

‘देउवाजी प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव भयो, आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अब उहाँले संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता छ,’ उनले भने ।

उनले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताए । ‘अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेका छन्,  देशलाई अभिभावकको खाँचो रहेको छ, संसदीय दलको नेताका लागि देउवाजीले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा म विश्वस्त छु,’ उनले भने ।

उनले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रस्तावित गर्नेमा विश्वस्त हुन आग्रह गरे ।

Share News