क्लाइभ क्रिष्टियनले ल्यायो ६० हजार पर्ने दुई नयाँ पर्फ्यूम

<p>काठमाडौं । बेलायतको लक्जरी पर्फ्यूम बनाउने कम्पनी क्लाइभ क्रिष्टियनले १५० वर्ष पूरा गरेको अवसरमा सीमित संस्करणकाे दुई नयाँ पर्फ्यूम सार्वजनिक गरेको छ । कम्पनीको पूर्ववर्ती द क्राउन पर्फ्यूमरी कम्पनी स्थापना भएको १५० वर्षको अवसरमा पर्फ्यूमको दुई सीमित संस्करण ‘टाइमलेस’ र ‘कन्टेम्पररी’ पर्फ्यूम बजारमा ल्याइएको हो । क्राउन पर्फ्यूमरी कम्पनीको सिग्नेचर हरियो रङमा रहेको उक्त पर्फ्यूमको बिर्कोमा [&hellip;]</p>

काठमाडौं । बेलायतको लक्जरी पर्फ्यूम बनाउने कम्पनी क्लाइभ क्रिष्टियनले १५० वर्ष पूरा गरेको अवसरमा सीमित संस्करणकाे दुई नयाँ पर्फ्यूम सार्वजनिक गरेको छ ।

कम्पनीको पूर्ववर्ती द क्राउन पर्फ्यूमरी कम्पनी स्थापना भएको १५० वर्षको अवसरमा पर्फ्यूमको दुई सीमित संस्करण ‘टाइमलेस’ र ‘कन्टेम्पररी’ पर्फ्यूम बजारमा ल्याइएको हो ।

क्राउन पर्फ्यूमरी कम्पनीको सिग्नेचर हरियो रङमा रहेको उक्त पर्फ्यूमको बिर्कोमा भने हातैले चाँदीको सजावट गरिएको छ । क्लाइभ क्रिष्टियनको हरेक बोतलमा रानी भिक्टोरियाको मुकुट जस्तै देखिने बिर्को हुन्छ । सीमित संस्करणको बोतलमा पनि यस्तै बिर्को छ । यसले ‘टाइमलेस’ र ‘कन्टेम्पररी’ ब्रान्डको विरासत झल्काउनुका साथै अग्रणी पर्फ्यूम निर्माताको रूपमा यसको ख्यातिप्राप्त हैसियत बढाएको कम्पनीले बताएको छ ।

क्लाइभ क्रिष्टियन विश्वभर मन पराइएको पर्फ्यूम ब्रान्ड हो । ५० एमएलका यी पर्फ्यूमको मूल्य एक बोतलको ३८० पाउन्ड रहेको छ । कम्पनीकाे अनुसार टाइमलेस संस्करण १८७ ओटा तत्त्व मिसाएर बनाइएको छ भने कन्टेम्पररीमा २०३ ओटा तत्त्व समावेश रहेको बताइएको छ ।

 

Share News