प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको जग्गा अधिग्रहण, प्रतिकठ्ठा १८ लाख

<p>काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट वरिपरि रहेको पुरातात्विक महत्वको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । साथै, अधिग्रहण हुने जग्गाको मुआब्जा समेत निर्धारण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागले प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको किल्ला पर्खाल भन्दा बाहिर रहेको महत्वपूर्ण पूरातात्विक [&hellip;]</p>

काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट वरिपरि रहेको पुरातात्विक महत्वको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । साथै, अधिग्रहण हुने जग्गाको मुआब्जा समेत निर्धारण गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागले प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको किल्ला पर्खाल भन्दा बाहिर रहेको महत्वपूर्ण पूरातात्विक संरचनाहरु संरक्षण गरी विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको हो । पुरातात्विक वस्तु भेटिएका ठाउँहरुको जग्गा स्थायी रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गरिने भएको हो ।

जग्गाहरुको मुआब्जा (मूल्य) निर्धारण गर्न पुस ४ गते मुआब्जा निर्धारण समितिको बैठक बसी विभिन्न ठाउँको मुआब्जा निर्धारण गरिएको र सोही अनुसार मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित जग्गाधनीहरुले मुआब्जा रकम दावी गर्न नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायतका जग्गाको हकभोग सम्बन्धी सबुत निस्सा र आफूसँग भएको अन्य प्रमाण ३५ दिनभित्र पेश गर्नुपर्नेछ । साथै जग्गाको मुआब्जा लिन १० रुपैयाँको टिकट टाँसी रितपूर्वकको निवेदन सहित कपिलवस्तु संग्रहालय, कपिलवस्तुमा सम्पर्क राख्नुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानून बमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अधिग्रहण गरिने जग्गाहरुमध्ये मुआब्जा वितरणका लागि सहायक पीच सडकमा जोडिएको जग्गाको प्रतिकठ्ठा १८ लाख १६ हजार ५ सय रुपैयाँ र कृषि योग्य जग्गाको प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ मूल्य तोकिएको छ ।

साथै, सहायक पिच बाटोमा पर्ने गोबरी ८ क कित्ता नम्बर १२४ को जग्गा अधिग्रहण गरिने भएको छ ।

यस्तै, कृषि योग्ग जग्गामा पर्ने गोबरी ८ क.का कित्ता नम्बर ५, ६, ७, ९, १०, ११, १३, १४, १७, १८, २५, २६, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ४०, ४१, ४२, ४४, ४५, ४६, ४७, ४८, ६४३, १०१३, १२५८, १२५९, १२६३, १३६६, १३६७, १३६८ र गोबरी ८ ख.का कित्ता नम्बर १०४, २०६, ३५८, ३५९, ३६०, ३६१, ३६३, ३६४, ३६५, ३६६ मा रहेको जग्गा अधिग्रहण गरिने कपिलवस्तु प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

Share News