काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी निवास अगाडि पार्किङ गर्न पनि नक्शा पास चाहिने बताएका छन् । आईतबार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाउँदा सर्वसाधारणले विराेध जनाएपछि पाण्डेले यस्ताे बताएका हुन् ।
काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्शा पास गरेको देखाउनु पर्ने उनकाे भनाइ छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सन्तोष ढुंगेलले पनि अनामनगर क्षेत्रका घरधनीले व्यवसायिक नक्शा पास नगरेको भन्दै निजी निवासमा पनि पार्किङको नक्सा पास हुनुपर्ने बताएका छन् ।