मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सात प्रदेशका ११ वटा शाखा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुबिधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय ज्ञान, सीप, मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सात प्रदेशका ११ वटा शाखा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुबिधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय ज्ञान, सीप, मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक ब्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको उदेश्य रहेको बताए ।

संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ ।

संस्थाले आफ्ना ग्राहकहको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

Share News