समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

<p>काठमाडौं । समृद्धि फाइनान्सले आइतबार  इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरीमा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का।मु।शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले आइतबार  इटहरीमा न्यानो लुगा वितरण गरेको छ ।

फाइनान्सले इटहरीमा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्न कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का।मु।शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न। ६ वडा अध्य्क्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थीहरु अध्ययन गर्छन् ।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

Share News