एमएस ग्रुपले कमलादीमा एशियाकै दोस्रो ‘मोक्सी’ होटल खोल्दै, अर्ब बढी लगानीमा सयलाई रोजगारी

<p>काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउन लागेको हो । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल काठमाडौंको कमलादीमा बनाउन लागेको हो । यस सम्बन्धमा मेरियट इन्टरनेसनल र हिमालय हस्पिटालिटीबीच [&hellip;]</p>

फाइल तस्वीर

काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउन लागेको हो । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल काठमाडौंको कमलादीमा बनाउन लागेको हो । यस सम्बन्धमा मेरियट इन्टरनेसनल र हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको छ । काठमाडौंमा बन्ने मोक्सी एसियाकै दोस्रो हुने बताइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ ।

संसारका जुनसुकै कुनामा ठूला होटल निर्माण सक्न कम्तीमा तीन–चार वर्ष लाग्छ । सन् २०२५ भित्र होटलको निर्माण सकेर सञ्चालनमा ल्याउने योजना छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको दुई रोपनी जग्गामा बन्ने यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार, लगायत सेवा हुनेछ ।

होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा दुई सय शय्या हुनेछन् । जसमा आठ वटा स्वीट रुम हुनेछन् ।

बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ ।

सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् ।

होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि ¥यामका साथै दुई वटा कोठा निर्माण गरिनेछ ।

Share News