ओपन उडानका लागि अमेरिकाको प्रस्ताव, के गर्दैछन् सरकारी निकाय ?

<p>काठमाडौं । अमेरिकी सरकारले ओपन उडानका लागि नेपाल सरकारसँग प्रस्ताव पेश गरेको छ । पछिल्लो समय अमेरिकाले एशियाका अन्य देशमा ओपन उडान गर्दै आईरहेको छ । ओपन उडानलाई विस्तार गर्न केही समय अगाडि अमेरिकी सरकारले नेपाल सरकार समक्ष ओपन उडानको प्रस्ताव समेत पेश गरेको छ । अमेरिकी सरकारले गरेको ओपन उडानको प्रस्ताव अहिले संस्कृति, पर्यटन [&hellip;]</p>

काठमाडौं । अमेरिकी सरकारले ओपन उडानका लागि नेपाल सरकारसँग प्रस्ताव पेश गरेको छ । पछिल्लो समय अमेरिकाले एशियाका अन्य देशमा ओपन उडान गर्दै आईरहेको छ । ओपन उडानलाई विस्तार गर्न केही समय अगाडि अमेरिकी सरकारले नेपाल सरकार समक्ष ओपन उडानको प्रस्ताव समेत पेश गरेको छ ।

अमेरिकी सरकारले गरेको ओपन उडानको प्रस्ताव अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अध्ययन गरिरहेको जनाएको छ ।

हवाई सेवा सम्झौतामा कुन विमानस्थलबाट कति संख्यामा उडान गर्ने, कुन जहाजबाट कति उडान गर्ने, वार्षिक रुपमा कति यात्रु तथा कार्गाे सेवा बोक्ने भन्ने सम्झौता भएको हुन्छ तर ओपन उडानमा कुनै रोकतोक हुँदैन, वायुसेवा कम्पनीले आफ्नो आवश्यकता अनुसार जुनसुकै गन्तव्यमा कार्गाे तथा यात्रु उडान गर्न पाउँछन् ।

नेपालले हालसम्म ओपन उडानको अनुमति नदिएको र तत्काल अनुमति दिँदा विभिन्न खालका समस्याहरु आउन सक्ने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

‘नेपालले अहिलेसम्म ओपन उडानका लागि कसैलाई अनुमति दिएको छैन, नेपालमा सीमित मात्रामा विमानस्थल, पार्किङ, एयरपेसको सीमितता छ, हामीसँग ओपन उडानको समेत नीति छैन, नेपालको हवाई नीति २०६३ मा विस्तारै ओपन उडानको अनुमति दिन सकिन्ने भनिएको छ, तर हालसम्म कार्यान्वयनमा आइसकेको छैन् तर हाम्रा भौतिक संरचना र क्षमतामा भ्याउन नसक्ने देखिन्छ’, मन्त्रालयका एक कर्मचारीले भने ।

‘अमेरिकाले प्रस्ताव पठाएको छ, हामीले सुक्ष्म रुपमा अध्ययन गर्दैछौं, साउथ एसियाका विभिन्न देशमा अमेरिकाले ओपन उडान गर्दै आएको छ, हामी अध्ययनकै क्रममा छौं,’ ती कर्मचारीले भने ।

१५ लाख आम्दानी

नेपालले अमेरिका लगायतका देशका वायुुसेवा कम्पनीलाई नेपाल उडान गर्न दिँदा प्रति उडान १५ लाख रुपैयाँभन्दा बढी रकम आम्दानी हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारी नेपालले विस्तारै ओपन उडानको तयारी थाल्नुपर्ने र यसले नेपाललाई फाइदा हुने बताउँछन् ।

‘अन्य देशका वायुसेवा कम्पनीलाई ओपन उडानको अनुमति नदिँदा हाम्रा घरेलु विमानहरु प्रतिस्पर्धा गर्न सक्नुपर्छ, हामीले ओपन उडानको अनुमति नदिएर लगानी खुम्च्याएका छौँ’, उनले भने, ‘हामीले ओपन उडानको अनुमति नदिँदा चलायमान हुने अर्थतन्त्रलाई हामीले नै खुम्चायौँ, एउटा मात्र वाइडबडी जहाज काठमाडौं विमानस्थलमा ल्याण्ड गर्दा १५ लाख बढी रुपैयाँ देशलाई राजश्व आउँछ ।’

अमेरिका लगायतका देशका वायुसेवा कम्पनीलाई ओपन उडानको अनुमति दिदाँ नेपाली वायुसेवा कम्पनीको बिजनेश भने खोसिन सक्ने उनको भनाइ छ । ‘अन्य देशका वायुसेवा कम्पनीले काठमाडौंबाट कतारको दोहामा उडान गर्दा नेपाली वायुसेवा कम्पनीहरुको विजनेश खोसिन सक्छ, खरेलु कम्पनीको विकास र विस्तार नहुने, उनीहरु चुप लागेर बस्ने, उनले भने, ‘हाम्रा विमानहरुको विमान संख्या र गन्तव्य उही हुँदा हामीलाई नोक्सानी मात्र हुन्छ ।’

सरकारले पछिल्लो समय अमेरिकासँगै स्विट्जरल्यान्ड, रुवान्डा र इन्डिोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको छ । नेपाल र अमेरिकाबीच सिधा हवाई सेवा नभएकाले अमेरिकाले हवाई सेवा सम्झौताको लागि चासो देखाएको र सोहीअनुसार मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जाजनकारी दिए ।

हवाई सेवा सम्झौतापछि दुई देशबीच सिधा हवाई उडान गर्ने बाटो खुल्नेछ । अहिले भने नेपाल–अमेरिका–नेपाल सिधा हवाई सञ्जाल नहुँदा तेश्रो मुलुक हुँदै उडान भइरहेको छ ।

के हो ओपन उडान ?

अमेरिका लगायत देशका वायुसेवा कम्पनीले बीना शर्त नेपाली आकाशमा उडान गर्न पाउनु नै ओपन उडान हो ।

यसअघि दुई देशबीच भएको सम्झौता अनुसार तोकिएको वायुसेवाले तोकिएको विमानस्थलमा तोकिएको समयमा उडान गर्नुपर्ने हुन्थ्यो । तर, नेपालले ओपन उडानको अनुमति दिए सम्बन्धीत वायुसेवा कम्पनीले आफ्नो आवश्यकता अनुसार उडान गर्न पाउँछन् ।

Share News