तातोपानीमा खुल्यो ३५ करोडको लागतमा सुविधासम्पन्न होटल

<p>म्याग्दी । कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याएका हुन्। हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै [&hellip;]</p>

म्याग्दी । कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याएका हुन्। हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै आएका थिए ।

यो होटल सञ्चालनमा आएपछि मुस्ताङ, घोरेपानी, पुनहिललगायतका पर्यटकीय स्थलको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुगेको छ । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सेवा दिन आफूले ठूलो लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताए । होटलमा रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको ५७ वटा कोठा छन् । होटल सञ्चालनमा आएसँगै पर्यटकले अग्रिम रूपमा कोठा बुकिङ गर्न थालेका छन् ।

करिब आठ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापनसहित तीन वर्षको अवधिमा होटललाई आवश्यक पर्ने छ तलाको भवन निर्माण गरेको उनले बताए । । होटलमा एक दिनमा करिब दुई सय जनालाई राख्न सकिने क्षमता रहेको छ । म्याग्दी र मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्नका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताए।

लगानीअनुसारकै स्तरीय सेवासुविधा ग्राहकलाई उपलब्ध गराएको सञ्चालक हमालले बताए । पार्किङसहित दृश्यावलोकनका लागि कृत्रिम झरनालगायतका आकर्षक भौतिक संरचना निर्माण गरिएको छ । होटलमा १५० जना क्षमताको सेमिनार हलको व्यवस्था छ । होटल परिसरमै मसाज, क्याफे र लोकलमार्ट सञ्चालन गरिएको छ । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसमेत गर्न सकिने सुविधा रहेको छ ।

लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरि क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए। ठूलो होटल खुलेपछि तातोपानीका पर्यटन व्यवसायी उत्साहित बनेको उनले बताए ।

‘म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको छ । बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकलाई आरामदायी सुविधासहितको होटल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन्’, शेरचनले भने। होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ ।

पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरूको चाप बढ्ने र पर्यटकहरूको बसाइ व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी शेरचनले बताए । म्याग्दीको पर्यटन विकासमा टेवा पु(याउने उद्देश्यले करोडौँ लगानी गरेर आफूले होटल सञ्चालन गरेको सञ्चालक हमालले बताए। होटलमा ६० जनालाई रोजगारीसमेत दिएको उनले बताए । आजको गोरखापत्रमा ठाकुरप्रसाद आचार्यले लेखेका छन् ।

Share News