नेशनल माइक्रोफाइनान्सद्धारा मकवानपुरगढीमा वित्तीय साक्षरता सम्पन्न

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मकवानपुर, ८ बुडीचौरमा साक्षरता तथा अभिभावक भेला सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय आमभञ्याङ, मकवानपुर द्वारा पुस १ गते मकवानपुर–८, बुडिचौर मकवानपुरमा वित्तीय साक्षरता तथा अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको पदमपोखरी शाखाका शाखा प्रमुख आरति योञ्जनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा स्थानीय समाजसेवी [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मकवानपुर, ८ बुडीचौरमा साक्षरता तथा अभिभावक भेला सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय आमभञ्याङ, मकवानपुर द्वारा पुस १ गते मकवानपुर–८, बुडिचौर मकवानपुरमा वित्तीय साक्षरता तथा अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको पदमपोखरी शाखाका शाखा प्रमुख आरति योञ्जनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा स्थानीय समाजसेवी रोप बहादुरले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए । बिशेष अतिथि संस्थाका अनुगमन अधिकृत उन्नती बांस्तोलाले लघुवित्तको इतिहास, नेपालमा लघुवित्तको अवस्था, नेशनल माइक्रोफाइनान्सको कारोवार, संस्थाले प्रदान गर्ने सेवा सुविधाहरु (बचत, कर्जा, बिप्रेषण, लघुबिमा) साथै बचत गर्ने बानीको बिकास कसरी गर्ने, कर्जाको प्रयोग तथा सदुपयोग गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए ।

स्थानीय सिताराम कार्की बालानन्द तिमल्सेना, गोकुल प्रसाद देबकोटा लगायतले मन्तब्य राखेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि तथा मकवानपुरगढी वाड नं. ८ का वडा अध्यक्ष कुमार सिं धिसिङले संस्थाले प्रदान गरेको सेवा तथा सुविधाहरु राम्रो रहेको र स्थानीय सरकार समेत यस कार्यक्रमसँग समन्वय गरेर अघि बढ्न तयार रहेको जानकारी गराएका थिए ।

धादिङ जिल्लाको धादिङवेशीमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को हाल ६४ जिल्लामा ९९ शाखा कार्यालय बाट १ लाख ४९ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको छ । ३ अर्व १६ करोड बचत संकलन गर्न सफल संस्थाले यस अवधिमा ११ अर्व ३७ करोड कर्जा प्रवाह गरेको छ । हालै अर्को राष्ट्रिय स्तरको समिट लघुवित्त वित्तिय संस्थासँग मर्जरको प्रारम्भिक सम्झौता गरेको संस्थाले ०७८/०३/३० मा महिला सहयात्रा लघुवित्त संस्थालाई एक्वायर गरेको थियो ।

Share News