काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने तयारी गरेकाे छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै निगममा इन्धनको मूल्य घटाउने तयारी भइरहेकाे स्राेतले जनाएकाे छ ।
आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।