कामनाले सुरु गर्यो एससीटी–युपीआई डेबिट कार्ड सेवा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका थिए । यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका थिए ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक बच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ ।

एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पिओएसके जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

Share News