काठमाडौं । रेमिट टु नेपालले ‘चाड पर्वको बहार सुन चाँदी र नगद उपहार’ का विजेता हिरा बिकलाई १० ग्राम सुन हस्तान्तरण गरेको छ । कम्पनीले चाड पर्व लक्षित उपहार योजनाका विजेता बिकलाई एक कार्यक्रमकाबीच उक्त पुरस्कार हस्तान्तरण गरेको हो ।
हाल दुबईमा कार्यरत बिकले फेडरल एक्सचेन्जबाट रेमिट टु नेपाल मार्फत रकम पठाउँदा उक्त योजना अन्तगर्त १० ग्राम सुन उपहार पाएका थिए । कम्पनीले सो योजना भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म सञ्चालन गरेको थियो । जसअन्तर्गत रेमिट टु नेपाल मार्फत रकम पठाउँदा ९ जनाले १० ग्राम चाँदी र बम्परमा एकजनाले १० ग्राम सुन प्राप्त गरेका हुन् ।
त्यस्तै, कम्पनीका अनुसार यो उपहार योजनाअन्तर्गत उत्कृष्ट कारोबार गर्ने १६ सहकारी तथा निजी सब-एजेन्टलाई सुन, चाँदी र नगद उपहारद्वारा पुरस्कृत गरिएको छ ।
रेमिट टु नेपालले विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । जसले पछिल्लो समय आफ्नो सेवा विस्तारसंगै ग्राहक तथा साझेदारहरुको सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको छ ।
सम्बन्धित समाचार