काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको अध्यक्षमा प्रदिप कुमार थिके नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले चिलिमे जल्यविद्युतका थिकेलाई अध्यक्षमा नियुक्त गरेको हो ।
थिके अघि कम्पनीको अध्यक्षमा चिलिमे जल्यविद्युतकै माधव प्रसाद कोइराला थिए ।
हाल कम्पनीको संचालकमा विद्युत प्राधिकरणका प्रबल अधिकारी र सुबास कुमार मिश्र, चिलिमे जल्यविद्युतका राम प्रसाद रिमाल र भिम प्रसाद तिमिल्सिना र कमर्चारी संचय कोषका धुर्व प्रसाद अधिकारी रहेका छन् ।