काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।