प्राइम बैंकले गर्यो ८.९५ प्रतिशत लाभांश प्रस्ताव

<p>काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६६ करोड ९७ लाख ४० हजार [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ कमाएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीले पाउनेछन् ।

Share News